Joshua 17:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यर्दनको पश्‍चिमपट्टिको इलाका बाँकी मनश्‍शेका परिवारहरूलाई दिइएको थियो। ती परिवारहरू अबीएजेर, हेलेक, अस्रीएल, शकेम, हेपेर र शमीदाका सन्‍तान थिए। तिनीहरू योसेफको छोरो मनश्‍शेका छोरा, नाति र आ-आफ्‍ना परिवारका प्रधान व्‍यक्तिहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण मनश्‍शेका बाँकी सन्‍तानले, अर्थात्‌ अबीएजेरका सन्‍तान, हेलेकका सन्‍तान, अस्रीएलका सन्‍तान, शकेमका सन्‍तान, हेपेरका सन्‍तान, शमीदाका सन्‍तानहरूले तिनीहरूका वंश-वंशअनुसार भाग पाए। तिनीहरूका वंशअनुसार, योसेफका छोरा मनश्‍शेका पुरुष सन्‍तानहरू यी नै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यो भागचाहिँ मनश्शेका बाँकी रहेका मानिसहरू—अबीएजेर, हेलेक, अस्रीएल, शेकेम, हेपेर र शमीदाका वंशहरूका लागि थियो। तिनीहरू आफ्ना वंशअनुसार योसेफका छोरा मनश्शेका कुलका मुखियाहरू हुन्।
Nepali ERV (पवित्र बाइबल)
मनश्शेका कुल समूहका अन्य वंशहरूलाई पनि भूमि दिए। ती कुलहरू अबीएजेर, हेलेक, अस्रीएल, शेकेल, हेपेर अनि शमीदा थिए। यी सबै मानिसहरू यूसुफका छोरा मनश्शेक अन्य छोराहरू थिए। यी मानिसका कुलहरूले भूमिका आफ्ना अंश प्राप्त गरे।