Joshua 17:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मनश्‍शेको छोरो माकीर, तिनको छोरो गिलाद, फेरि गिलादको छोरो हेपेर र तिनको छोरो सलोफादका छोरीहरू मात्र थिए अनि एउटै पनि छोरो थिएन। तिनको नाम— महला, नोआह, होग्‍ला, मिल्‍का र तिर्सा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मनश्‍शेका छोरा माकीर, तिनका छोरा गिलाद, तिनका छोरा सलोफादका छोरीहरूबाहेक छोराहरू थिएनन्‌। तिनका छोरीहरूका नाउँ यी नै हुन्‌: महला, नोआह, होग्‍ला, मिल्‍का र तिर्सा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मनश्शेका छोरा माकीर, तिनका छोरा गिलाद, तिनका छोरा हेपेर, तिनका छोरा सलोफादका कुनै छोराहरू थिएनन्; तर छोरीहरू मात्र थिए। तिनीहरू महला, नोआ, होग्ला, मिल्का र तिर्सा नाम भएका थिए।
Nepali ERV (पवित्र बाइबल)
सलोफाद हेपेरका छोरा थिए। हेपेर गिलादका छोरा थिए। गिलाद माकीरका छोरा थिए अनि माकीर मनश्शेक छोरा थिए। सलोफदका कुनै छोराहरू थिएनन् तर तिनका पाँच जना छोरी थिए। तिनीहरूको नाउँ महला, नोआ, होग्ला, मिल्का अनि तिर्सा थियो।