Joshua 17:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू पूजाहारी एलाजार, नूनको छोरो यहोशू र अरू अगुवाहरूकहाँ गएर भने, “परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो कि अरू दाजुभाइहरूसरह हामीलाई हकदार बनाई देशको एक भाग दिनुपर्छ।” यसकारण परमप्रभुका आज्ञाअनुसार आफ्‍ना कुलका पुरुषहरूलाई जस्‍तै तिनीहरूलाई जमिन दिइयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले पूजाहारी एलाजार, नूनका छोरा यहोशू र नायकहरूका सामुन्‍ने आएर यसो भने, “हामीलाई हाम्रा दाजुभाइहरूका बीचमै अधिकार दिनू भनेर परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो।” परमप्रभुको आज्ञाअनुसार यिनले तिनीहरूलाई तिनका काकाहरूका बीचमा भाग दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू पुजारी एलाजार, नूनका छोरा यहोशू र अगुवाहरूकहाँ गएर भने, “हामीलाई हाम्रा दाजुभाइहरूसँग नै अधिकार दिनू भनेर याहवेहले मोशालाई आज्ञा दिनुभएको थियो।” यसकारण यहोशूले तिनीहरूलाई याहवेहको आज्ञाअनुसार तिनीहरूका बुबाका दाजुभाइहरूसँग उत्तराधिकारको भाग दिए।
Nepali ERV (पवित्र बाइबल)
ती छोरीहरू एलीजार पूजाहारी, नूनका छोरा यहोशू अनि सबै अगुवाहरूकहाँ गए। ती छोरीहरूले भने, “परमप्रभुले मोशालाई भन्नुभयो कि उहाँले हामीलाई त्यसरी नै भूमि दिउन् जसरी हाम्रा पुरूष नातेदारहरूलाई दिइन्छ।” यसर्थ तिनले परमप्रभुको आज्ञा पालन गरे अनि छोरीहरूलाई केही भूमि दिए। यसरी यी छोरीहरूले आफ्ना काकाहरूले जस्तै आफ्नो भूमि पाए।