Joshua 17:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मनश्‍शेको भागको जमिन आशेरदेखि शकेमका पूर्वमा मिक्‍मतातसम्‍म पुग्‍दथ्‍यो। त्‍यसपछि त्‍यसको सिमाना दक्षिणपट्टि जान्‍थ्‍यो र एन-तप्‍पूहका बासिन्‍दाहरू बसेका ठाउँसमेत त्‍यसभित्र पर्थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब मनश्‍शेका भागको सिमाना आशेरदेखि शकेमका सामुन्‍नेको मिक्‍मतातसम्‍म थियो। त्‍यो सिमाना दक्षिणतिर लागेर एन-तप्‍पूहका बासिन्‍दाहरू भएका ठाउँसम्‍म पुगेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मनश्शेको प्रान्त आशेरदेखि शेकेमको पूर्वपट्टि मिक्मतातसम्म फैलिएको थियो। त्यहाँदेखि सिमाना दक्षिणतिर बढेर एन-तप्पूहमा बस्‍ने बासिन्दाहरूसम्म पुगेको थियो।
Nepali ERV (पवित्र बाइबल)
मनश्शेका भूमिहरू आशेर अनि मिक्मतात माझको क्षेत्रमा थिए। यो शकेमको नजिकै छ। यसको सीमाना दक्षिण तर्फ एन्तप्पूहको क्षेत्रतिर गएको थियो।

Recommended Reading