Joshua 17:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि सिमाना कनाको खोलातिर जान्थ्यो। खोलाको दक्षिणपट्टिका सहरहरू मनश्शेका इलाकापट्टि परेका भए तापनि एफ्राइमका थिए। मनश्शेको सिमाना खोलाका उत्तरपट्टि भएर जान्थ्यो र भूमध्य सागरमा टुङ्गिन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्यो सिमाना दक्षिणतिर कनाको खोल्सासम्म गएको थियो। मनश्शेका कति सहरहरू एफ्राइमको भागमा पर्यो, तर मनश्शेको सिमानाचाहिँ खोल्साको उत्तरतिर थियो, र त्यो समुद्रमा गएर टुङ्गिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि त्यो सिमाना दक्षिणतिर अगि बढेर कनाको खोल्सासम्म पुगेको थियो। त्यहाँ मनश्शेका सहरहरूमा बस्ने एफ्राएमीहरूका सहरहरू थिए। तर मनश्शेको सिमाना खोल्साको उत्तरपट्टि थियो, र महासागरमा टुङ्गिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
मनश्शेको सीमाना दक्षिण तिर कानाको बेंसीसम्म लगातार थियो। यो क्षेत्र मनश्शेका कुल समूहको थियो, तर शहरहरू एप्रैमका मानिसहरूका थिए। मनश्शेको सीमाना नदीको उत्तर तर्फ थियो अनि यो पश्चिम तर्फ भूमध्य समुद्रसम्म फैलिएको थियो।