Joshua 18:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उत्तरमा तिनीहरूको सिमाना यर्दनमा सुरु भई, यरीहोको उत्तरपट्टि उकालो लागी पश्‍चिमतिरको पहाडी देश उक्‍लँदै बेथ-आवनको उजाड-स्‍थानमा पुग्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका उत्तरपट्टिको सिमाना यर्दनदेखि सुरु भएर यरीहोको नजिकबाट उत्तरतिर लागी, पश्‍चिमतिरको पहाड़ी देशमा उक्‍लेर बेथ-आवनको मरुभूमिमा पुगेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उत्तरतिर तिनीहरूको सिमाना यर्दनमा सुरु भएर यरीहोको उत्तरीय ओरालो भएर पश्‍चिमतिरको पहाडी मुलुक हुँदै बेथ-आवेनको उजाडस्थानमा निस्केको थियो।
Nepali ERV (पवित्र बाइबल)
यर्दन नदीबाट उत्तरी सीमाना शुरू भएको थियो। सीमाना यरीहको उत्तरी किनार भएर फैलिएको थियो। त्यसपछि सीमाना पश्चिम तिर पार्वत्य देशतर्फ फैलिएको थियो। बेतवानको पूर्वमा नपुगेसम्म सीमाना फैलिएर गएको थियो।