Joshua 18:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछिको सिमाना लूजको (जसलाई बेथेल पनि भन्‍दछ) दक्षिणपट्टि उकालो जान्‍थ्‍यो र त्‍यहाँबाट ओह्रालो लागी तल्‍लो बेथ-होरोनको दक्षिणमा भएको पहाडमाथि अतारोत-अद्दारमा पुग्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो सिमाना त्‍यहाँबाट लूजसम्‍म (यसलाई बेथेल भन्‍दछ) त्‍यसको दक्षिणतिर पुगेर तल्‍लो बेथ-होरोनका दक्षिणपट्टिको पहाड़बाट अतारोत-अद्दारसम्‍म झरेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँबाट त्यो पार भएर दक्षिणतिरको लूज (अर्थात्, बेथेल) को भिरमा पुगेर तल्‍लो बेथ-होरोनको दक्षिणको पहाडमा भएको अतारोत-अद्दारमा झरेको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि सीमाना दक्षिणमा लूज (बेतेल) तिर फैलियो। तब सीमाना अत्रोतद्दार तिर झर्यो। अत्रोतद्दार तल्लो बेथोरोनको दक्षिणको पहाडमाथि अवस्थित छ।