Joshua 18:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँदेखि सिमाना अर्को दिशातिर घुम्‍थ्‍यो, त्‍यस पहाडको पश्‍चिमपट्टिबाट दक्षिणतर्फ घुमी त्‍यो यहूदा कुलका अधिकारमा भएको किर्यत-बाल (अथवा किर्यत-यारीम) सम्‍म पुग्‍थ्‍यो। पश्‍चिम सिमाना त्‍यही थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्‍यहाँबाट सो सिमाना पश्‍चिमतिर लागेर दक्षिणपट्टि घुमी बेथ-होरोनका सामुन्‍नेका दक्षिणतिरको डाँड़ाबाट यहूदाका सन्‍तानहरूको किर्यत-बालसम्‍म (यसैलाई किर्यत-यारीम भनिन्‍छ) पुगेको थियो। पश्‍चिम सिमाना यही हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दक्षिणतिर भएको बेथ-होरोनतिर फर्केको पहाडको सिमाना पश्‍चिमतिर हुँदै दक्षिणतिर मोडिन्थ्यो। अनि यहूदाको सहर किर्यत-बालमा (अर्थात्, किर्यत-यारीम) निस्कन्थ्यो। पश्‍चिमी सिमाना यही थियो।
Nepali ERV (पवित्र बाइबल)
बेथोरोनको दक्षिणी पहाडमा त्यो सीमाना दक्षिणतर्फ घुमेर पहाडको पश्चिम तिर फैलिएको थियो। सीमाना कियर्थबाल तर्फ फैलिएको थियो (यसलाई किर्यत्यारीम पनि भनिन्छ।) यो शहर यहूदाका मानिसहरूको थियो। यो पश्चिमी सीमाना थियो।