Joshua 18:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ओह्रालो पहाडको फेदीसम्‍म जान्‍थ्‍यो जहाँबाट रपाईहरूका बेसीका उत्तर कुनामा भएको बेन-हिन्‍नोमको बेसी देखिन्‍थ्‍यो। त्‍यसपछि त्‍यो बेन-हिन्‍नोमका बेसीबीच भएर दक्षिणतर्फ लाग्‍थ्‍यो र यबूसी-डाँडाको दक्षिण हुँदै एन-रोगेलतिर जान्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो सिमाना बेन-हिन्‍नोमका बेँसीको सामु र रपाईहरूका बेँसीको उत्तरपट्टिका डाँड़ाको पल्‍लो छेउमा ओर्ली यबूसी सहरका दक्षिणपट्टिका हिन्‍नोमको बेँसीबाट झरेर एन-रोगेलमा झरेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो सिमाना रपाईको बेँसीको उत्तरमा भएको बेन-हिन्‍नोमको बेँसीतिर फर्केको पहाडको फेदतिर झरेको थियो। त्यो दक्षिणपट्टि यबूसी सहरको ओरालो हुँदै हिन्‍नोम बेँसीमा भएर एन-रोगेलसम्म पुगेको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि सीमाना रपाईहरूको बेंसी उत्तरमा भएको हिन्नोम छोराको बेंसीको नजिकैको पहाडको फेद तिर फैलिएको थियो। सीमाना यबूसी शहरको ठीक दक्षिणमा भएको हिन्नोम बेंसीको तर्फ झरेको थियो। त्यसपछि सीमाना एन्रोगेल तर्फ गएको थियो।