Joshua 18:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब त्यो उत्तरपट्टि एन-शेमेशतिर घुमेर जान्थ्यो र अदुम्मीमको घाटीको सामुन्ने रहेको गलीलोतमा निक्लन्थ्यो। त्यसपछि त्यो बोहनको ढुङ्गातिर झर्थ्यो (बोहन रूबेनको छोरो थियो)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो उत्तरतिर तानिएर एन-शेमेशतिर लागी अदुम्मीमका उकालोका सामुन्नेको गलीलोतमा निस्की रूबेन वंशी बोहनको ढुङ्गामा झरेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि त्यो उत्तरतिर मोडिएर एन-शेमेशमा हुँदै अदुम्मीमको घाटीतिर फर्केको गलिलोत भएर रूबेनका छोरा बोहनको ढुङ्गामा पुगेको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ, त्यो सीमाना उत्तरतर्फ घुमेर एन्शेमेश तर्फ गएको थियो। सीमाना गलीलोत तर्फ फैलिएको थियो (गलीलोत, पहाडमा अदूम्मीम उकालोको नजिकमा छ।) त्यो सीमाना रूबेनको छोरो बोहनको नाउँको महान शिला तिर झरेको थियो।