Joshua 18:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूसित लेवीहरूले जमिनबाट केही भाग पाउनेछैनन् किनभने परमप्रभुका पूजाहारी भई सेवा गर्नु नै तिनीहरूको अधिकारको कुरो हो। अनि गाद, रूबेन र पूर्वका आधा मनश्‍शे कुलहरूले यर्दनको पूर्वमा आ-आफ्‍ना जग्‍गा पाइसकेका छन्, जुन परमप्रभुका सेवक मोशाले तिनीहरूलाई दिएका थिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर लेवीहरूलाई तिमीहरूमध्‍ये केही भाग हुनेछैन, किनकि परमप्रभुको पूजाहारी पद नै तिनीहरूको अधिकार हो। गाद, रूबेन र मनश्‍शेको आधा कुलले पूर्वपट्टि यर्दन पारि, परमप्रभुका दास मोशाले दिएका तिनीहरूका आ-आफ्‍नो अधिकार पाएकै छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैपनि तिमीहरूसँग भएका लेवीहरूले तिमीहरूसँग कुनै अंश पाउनेछैनन्। किनकि याहवेहको पुजारी सेवा नै तिनीहरूको उत्तराधिकारको भाग हो। अनि गाद, रूबेन र मनश्शेको आधा कुलले आफ्ना उत्तराधिकारको भाग यर्दनको पूर्वपट्टि अगाडि नै पाइसकेका छन्। याहवेहका सेवक मोशाले त्यो तिनीहरूलाई दिएका थिए।”
Nepali ERV (पवित्र बाइबल)
लेवी मानिसहरूले भूमिको हिस्सा पाउँदैनन्। तिनीहरूको हिस्सा पूजाहारीको रूपमा परमप्रभुको सेवा गर्नु हो। गाद, रूबेन, मनश्शेका आधा कुल समूहले तिनीहरूलाई भाकल गरिएका भूमि पाइसकेका छन्। ती यर्दन नदीको पूर्वतर्फ छन्। परमप्रभुका दास मोशाले त्यो भूमि तिनीहरूलाई दिइसकेका छन्।”