Joshua 18:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशूले यस्तो आदेश दिएपछि मानिसहरू देश घुमेर हेर्न र त्यसको बयान लेख्न हिंडे। आदेशमा यो भनिएको थियो— “सारा देश घुमेर हेर, त्यसको बयान लेख र मकहाँ फर्की आओ अनि यहाँ शीलोमा म चिठ्ठा हाली तिमीहरूको लागि परमप्रभुको इच्छा बुझ्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती मानिस उठेर गए। अनि यहोशूले सो देशको नक्शा बनाएर ल्याउन जानेहरूलाई यसो भनेर आज्ञा दिए, “जाओ, सो देशभरि घुम, र त्यसको वर्णन लेखेर मकहाँ फर्केर आओ, र यहाँ शीलोमै परमप्रभुको सामु तिमीहरूका निम्ति म चिट्ठा हालिदिऊँला।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती मानिसहरू त्यस देशको नक्सा बनाउन जान लाग्दा यहोशूले तिनीहरूलाई यसो भनेर निर्देशन दिए, “जाओ, र त्यस देशको सर्वेक्षण गर। अनि त्यसको विवरण लेख। त्यसपछि मकहाँ फर्केर आओ, र म यहाँ शीलोमा याहवेहको उपस्थितिमा तिमीहरूका निम्ति चिट्ठा हालिदिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ ती चुनिएका मानिसहरू त्यो भूमि हेर्न अनि त्यसबारे विवरण लेख्नका निम्ति गए। यहोशूले तिनीहरूलाई भने, “पूरा भूमिमा जाऊ अनि त्यसको विवरण लेख। त्यसपछि म कहाँ शीलोमा आऊ। त्यस पछि म चिट्ठा गर्नेछु अनि परमप्रभुले तिमीहरूका निम्ति भूमि विभाजन गरून्।”