Joshua 18:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसर्थ मानिसहरू गएर देशभरि घुमेर हेरे र देश कसरी सात भागमा बण्डा गर्ने हो, सो बयान गरी लेखे र सहरहरूको एउटा सूची बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती मानिसहरू गएर त्यस देशभरि घुमे, र सहर-सहर देखाएर सात भाग गरी प्रत्येकको विषयमा वर्णन गरे, र यहोशूकहाँ शीलोमा भएको छाउनीमा फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ती मानिसहरू गएर त्यस देशभरि घुमे। तिनीहरूले सात भागको विवरण चर्मपत्रमा लेखे। अनि प्रत्येक भागमा पर्ने सहरहरूको सूची बनाए, र यहोशूकहाँ शीलोमा भएको छाउनीमा फर्किआए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मानिसहरू त्यस भूमिमा गए। मानिसहरू सम्पूर्ण भूमिमा गए अनि यहोशूका निम्ति त्यसको विवरण लेखे। तिनीहरू सबैले शहरहरूको सूची तयार गरे अनि भूमिलाई सात भागमा विभाजन गरे। त्यसपछि तिनीहरू यहोशू कहाँ शीलोमा फर्के।