Joshua 19:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि सिमाना रामातिर घुमेर पर्खाल लागेको टुरोस सहरमा पुग्थ्यो र त्यहाँबाट होसातिर घुमेर गई भूमध्य सागरमा टुङ्गिन्थ्यो। त्यसको सिमानाभित्र अक्जीब,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्यो सिमाना रामा र पर्खाल भएको टुरोस सहरतिर मोड़िएको थियो। त्यो सिमाना फेरि होसातिर मोड़िएर अक्जीब, उम्मा, अपेक र रहोबका नजिकको समुद्रमा टुङ्गिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि सिमाना रामातिर फर्केर टायरको किल्लामा हुँदै होसातिर मोडिन्थ्यो। अनि अक्जीबको इलाकामा महासागरमा निस्किआएको थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि त्यो सीमाना दक्षिणमा रामा तिर फर्केको थियो। त्यो सीमाना टायरको सुदृढ शहर तर्फ लगातार फैलिएर गएको थियो। त्यसपछि त्यो सीमाना घुमेर होसातिर गएको थियो। त्यो सीमाना अक्जीब,