Joshua 19:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको सिमाना हेलेपदेखि सानन्‍नीमका फलाँटको रूख अदामी-नेकेव र यब्‍नेल भएर लक्‍कूमसम्‍म गई यर्दनमा टुङ्गिन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको सिमाना हेलेप र सानन्‍नीममा भएको ठूलो रूखदेखि, अदामी-नेकेब र यब्‍नेल छिचली लक्‍कूमसम्‍म भएर यर्दनमा टुङ्गिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको सिमाना हेलेप र सानन्‍नीममा भएको मोरेको ठूलो रूखबाट भएर अदामी-नेकेब र यब्नेल हुँदै लक्‍कूममा गएर यर्दन नदीमा टुङ्गिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूको भूमिको सीमाना सानन्नीम नजिकको विशाल बृक्षदेखि शुरूभएको थियो। यो हेलेपको नजिकै छ। त्यसपछि त्यो सीमाना अदामीनेकेब अनि यब्नेल भएर गएको थियो। त्यो सीमाना लक्फूम तर्फ लगातार फैलिएर यर्दन नदीमा टुङ्गिएको थियो।