Joshua 19:47 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दान कुलका मानिसहरूले आफ्‍ना भागको जमिन गुमाएपछि तिनीहरू लेशेममा गई त्‍यसलाई हमला गरे अनि त्‍यसलाई कब्‍जामा लिई त्‍यहाँका बासिन्‍दाहरूलाई मारे र त्‍यो सहर आफ्‍नै बनाए। त्‍यहाँ तिनीहरू बसोबास गर्न लागे र त्‍यस सहरको नाम लेशेमबाट साटेर आफ्‍ना पुर्खाको नामअनुसार दान राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर दानका खलकहरूलाई आफ्‍नो भूभागमाथि अधिकार जमाउन गाह्रो भएको थियो, यसर्थ दानका खलकहरू लेशेममा गएर त्‍यससँग युद्ध गरेर त्‍यसलाई तरवारले नाश गरी कब्‍जा गरे, र त्‍यहाँ बसेर लेशेमलाई आफ्‍ना पुर्खा दानको नाउँअनुसार दान नाउँ राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(दानवंशीहरूले तिनीहरूको अधिकारको प्रान्त गुमाएको हुनाले तिनीहरू माथि गए। अनि लेशेममाथि आक्रमण गरेर लिए। त्यसलाई तरवारले नष्‍ट गरे; अनि त्यसलाई कब्जा गरे। तिनीहरू लेशेममा बसोबास गरे। अनि लेशेमलाई तिनीहरूको पुर्ख्यौली दानको नाम दिए।)
Nepali ERV (पवित्र बाइबल)
तर दानका मानिसहरूलाई आफ्नो भूमि लिनमा कष्ट थियो। त्यहाँ शक्तिशाली शत्रुहरू थिए अनि दानका मानिसहरूले तिनीहरूलाई सजिलैसित परास्त गर्न सकेनन्। यसर्थ दानका मानिसहरू इस्राएलको उत्तरतर्फ गए अनि लेशेमको विरूद्ध लडे। तिनीहरूले लाएसाहलाई परास्त गरे अनि त्यहाँ जो बस्थे तिनीहरूलाई मारे। यसर्थ दानका मानिसहरू लेशेम शहरमा बसे। तिनीहरूले नाउँ दानमा परिवर्त्तन गरे किनभने त्यो तिनीहरूको कुल समूहका पिताको नाउँ थियो।