Joshua 19:50 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आज्ञा गर्नुभएअनुसार उनले मागेको सहर एफ्राइमको पहाडी देशमा भएको तिम्नथ-सेरह तिनीहरूले यहोशूलाई दिए। उनले त्यहाँ फेरि सहर बसाले र बसोबास गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले तिनलाई तिनले मागेकै, एफ्राइमको पहाड़ी देशको तिम्नथ-सेरह जग्गा दिए, अनि तिनले सहर बसालेर त्यहाँ बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तिनीहरूलाई आज्ञा गर्नुभएअनुसार गरे। यहोशूले मागेका सहर एफ्राइमको पहाडी मुलुकमा भएको तिम्नथ-सेरह तिनीहरूले दिए। अनि त्यहाँ तिनले सहरलाई निर्माण गरे, र त्यहीँ बसोबास गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनले यो भूमि प्राप्त गरून् भनी परमप्रभुले आज्ञा दिनु भएको थियो। यसर्थ यहोशूलाई तिनीहरूले एप्रैमको पार्वत्य देशको तिम्नथसेरह शहर प्रदान गरे। यो त्यही शहर थियो जो तिनलाई चाहिन्छ भनी यहोशूले तिनीहरूलाई भनेका थिए। यसर्थ यहोशूले त्यो शहरलाई दृढ तुल्याए अनि त्यहाँ बसे।