Joshua 19:51 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारी एलाजार, नूनको छोरो यहोशू र इस्राएली कुलका परिवार-परिवारका अगुवाहरूले परमप्रभुको इच्छा बुझ्नलाई चिठ्ठा हालेर शीलोमा परमप्रभुको पवित्र पालको ढोकानिर देश बण्डा गरी यी भागहरू बाँडिदिए। यसरी तिनीहरूले देश बण्डा लाउने काम सिध्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका कुलनायकहरूले परमप्रभुको सामुन्ने शीलोमा भेट हुने पालको ढोकामा बसेर चिट्ठा हाली बन्डा गरेका अधिकारका सिमाना यी नै हुन्। यसरी तिनीहरूले देश बन्डा दिने काम सिद्धयाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भेट हुने पालको प्रवेशद्वारमा याहवेहको उपस्थितिमा शीलोमा चिट्ठा हालेर पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका कुलका वंशका मुखियाहरूले तोकेका मुलुकहरू यिनै हुन्। यसरी तिनीहरूले देश बाँडफाँड गर्ने काम सिद्ध्याए।
Nepali ERV (पवित्र बाइबल)
यसरी यी सबै भूमिहरू इस्राएलका विभिन्न कुल समूहमा विभाजित गरिए। पूजाहारी एलाजार, नूनका छोरा यहोशू अनि प्रत्येक कुल समूहका अगुवाहरू भूमि विभाजन गर्न शीलोमा भेला भए। तिनीहरू भेट-हुने पालको प्रवेशद्वारमा परमप्रभुको समक्ष भेला भए। यसरी तिनीहरूले भूमि विभाजन पूर्ण गरे।