Joshua 19:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाको भागमा दिइएको जग्‍गा तिनीहरूलाई चाहिँदो भन्दा धेरै थियो र त्‍यसको एक हिस्‍सा शिमियोन कुललाई दिइयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शिमियोनका सन्‍तानहरूले यहूदाका सन्‍तानहरूको हिस्‍साबाटै अधिकार पाएका थिए, किनकि यहूदाका सन्‍तानहरूलाई तिनीहरूलाई चाहिएकोभन्‍दा बढ्‌ता भाग परेको थियो। यसकारण शिमियोनका सन्‍तानहरूले यहूदाका भागको सिमानाभित्रै नै अधिकार पाएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शिमियोनीहरूको उत्तराधिकारको भाग यहूदाको भागबाट लिइएको थियो। किनकि यहूदाको भाग तिनीहरूलाई चाहिएको भन्दा धेरै थियो। यसरी शिमियोनीहरूले आफ्नो उत्तराधिकारको भाग यहूदाको इलाकाभित्र पाए।
Nepali ERV (पवित्र बाइबल)
शिमोनको भागको भूमि यहूदाले प्राप्त गरेको इलाका भित्र थियो। यहूदाका मानिसहरूको भूमि तिनीहरूलाई चाहिएको भन्दा ज्यादा थियो। यसर्थ शिमोनका मानिसहरूले तिनीहरूको भूमिको अंश प्राप्त गरे।