Joshua 2:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि यहोशूले शित्तीमको छाउनीबाट दुई जना जासूसलाई कनान देश गएर विशेषगरी यरीहो सहरको गुप्तमा जाँचबुझ गरी आउन पठाए। तिनीहरू त्यस सहरमा गए र एउटी राहाब नाम गरेकी वेश्याको घरमा राती बास बसे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब नूनका छोरा यहोशूले शित्तीमबाट दुई जना जासूसहरूलाई गोप्य तवरले पठाएर भने, “त्यस मुलुक र विशेष गरी यरीहोको भेद लिएर आओ।” तिनीहरू गए, र राहाब नाउँ भएकी एक वेश्याको घरमा आइपुगे, र त्यहीँ वास बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब नूनका छोरा यहोशूले शित्तीमबाट दुई मानिसलाई जासुसी गर्न यसो भन्दै गुप्तमा पठाए: “जाओ, र त्यस देशलाई हेर, विशेष गरी यरीहोलाई।” यसकारण तिनीहरू गए, र राहाब नाम भएकी एउटी वेश्याको घरमा गए, र त्यहीँ बास बसे।
Nepali ERV (पवित्र बाइबल)
नूनको छोरा यहोशू र सबै मानिसहरूले शित्तीममा छाउनी बसाएका थिए। यहोशूले दुइजना जासूसहरूलाई पठाए। यहोशूले यी मानिसहरूलाई पठाएको हो भनेर कसैलाई पनि थाहा थिएन। यहोशूले ती मानिसहरूलाई भने, “जाऊ अनि त्यस भूमिलाई हेर, विशेष गरी यरीहो शहरलाई हेर।” यसर्थ ती मानिसहरू यरीहो शहरमा गए। तिनीहरू एउटी वेश्याको घरमा गए उसको नाउँ राहाब थियो अनि त्यहाँ बसे।