Joshua 2:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंहरू मिश्र छोडिआउँदा कसरी परमप्रभुले लाल-समुद्र तपाईंहरूको अघि सुकाइदिनुभयो, त्‍यो हामीले सुनेका छौं। यर्दनका पूर्वमा दुई जना एमोरी राजा सीहोन र ओगलाई तपाईंहरूले कसरी मार्नुभयो त्‍यो पनि सुनेका छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंहरू मिश्रदेशबाट निस्‍केर आउनुहुँदा तपाईंहरूका सामुन्‍ने परमेश्‍वरले लाल समुद्रको पानी सुकाइदिनुभएको र यर्दन पारिका एमोरीहरूका दुवै राजा, सीहोन र ओगलाई तपाईंहरूले नाश गर्नुभएको पनि हामीहरूले सुनेका छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंहरू इजिप्टबाट निस्केर आउँदा याहवेहले कसरी तपाईंहरूका निम्ति लाल समुद्रलाई सुकाइदिनुभयो; अनि यर्दनको पूर्वपट्टि तपाईंहरूले पूर्ण रूपमा नाश पार्नुभएका एमोरीहरूका दुवै राजाहरू, सीहोन र ओगलाई के गर्नुभयो भनी हामीले सुनेका छौँ।
Nepali ERV (पवित्र बाइबल)
हामीहरू भयभीत भएका छौं किनभने हामीले सुनेका छौं कि परमप्रभुले तिमीहरूलाई कुन प्रकारले सहायता प्रदान गर्नु भयो। हामीले सुन्यौं कि उहाँले लाल समुद्रको पानी सुकाई दिनु भयो जब तिमीहरू मिश्रदेशबाट बाहिर आयो। तिमीहरूले ती दुई एमोरी राजाहरू सीहोन अनि ओगलाई के गर्यौ, हामीले त्यो पनि सुन्यौ अनि कसरी तिमीहरूले ती दुई राजाहरूलाई जो यर्दन नदीको पूर्वमा बस्दथे विनाश गर्यो।