Joshua 2:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो सुन्नेबित्तिकै हामी डरायौं। तपाईंहरूको कारणले हामी सबैको साहस हराएको छ। परमप्रभु तपाईंका परमेश्वर स्वर्ग र पृथ्वीका परमेश्वर हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो सुन्ने बित्तिकै हामी ब्याकुल बन्यौं र तपाईंहरूको कारण हामीहरू कसैमा साहस रहेन, किनकि परमप्रभु तपाईंहरूका परमेश्वर नै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्वर हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो कुरा सुनेपछि तपाईंहरूको कारण हामी भयभीत भयौँ र हामी सबैको साहस हरायो; किनकि याहवेह तपाईंहरूका परमेश्वर, उहाँ नै माथि स्वर्गका र तल पृथ्वीका परमेश्वर हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हामीले ती कुराहरू सुन्यौं अनि हामी अत्यन्त भयभीत भयौं। अनि जब हामी मध्ये कोही पनि यस्तो साहसी मानिस छैन जो तिमीहरूसित युद्ध गर्न सकुन्। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वरले माथि स्वर्ग अनि तल पृथ्वीमा शासन गर्नुहुन्छ।