Joshua 2:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब मैले तपाईंहरूसित व्‍यवहार गरेझैँ तपाईंहरूले मेरा परिवारसित पनि दयासाथ व्‍यवहार गर्नुहुनेछ भनी उहाँको नाममा किरिया खानुहोस् र म तपाईंहरूलाई विश्‍वास गर्न सक्‍छु भनी बुझाउने केही चिनो दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण अब म तपाईंहरूलाई बिन्‍ती गर्दछु, कि मैले तपाईंहरूमाथि दया देखाएकी हुनाले मसँग परमप्रभुको शपथ खानुहोस्, मेरा परिवारप्रति पनि दया देखाउनुहोस्‌। मलाई एउटा निश्‍चित चिन्‍ह दिनुहोस्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण अब मलाई याहवेहको नाममा शपथ खानुहोस्। मैले तपाईंहरूप्रति देखाएको दयाको कारण तपाईंहरूले मेरो परिवारप्रति पनि दया देखाउनुहुनेछ। मलाई एउटा निश्‍चित चिन्ह दिनुहोस्,
Nepali ERV (पवित्र बाइबल)
यसकारण अब म चाहन्छु कि तिमीहरूले मलाई एक वचन देऊ। म तिमीहरू प्रति दयालु थिएँ अनि तिमीहरूलाई सहायता गरें। यसर्थ परमप्रभु समक्ष वचन देऊ कि तिमीहरू मेरो परिवार प्रति दयालु हुनेछौ। कृपया मलाइ भन कि तिमीहरू यसो गर्नेछौं।