Joshua 2:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसहरूले त्यसलाई भने, “हामीले आफूले भनेझैँ गरेनौं भने परमेश्वरले हाम्रा प्राण लेऊन्। हामी के गर्दै छौं, सो तिमीले कसैलाई भनिनौ भनेदेखि हामी यो प्रतिज्ञा गर्दछौं कि जब परमप्रभुले यो देश हामीलाई दिनुहुन्छ, हामी तिमीसित ठीक व्यवहार गर्नेछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती मानिसहरूले त्यसलाई आश्वासन दिए, “तिमीहरूका प्राणको सट्टा हाम्रा प्राण। हाम्रो यो काम कसैलाई भनिनौ भने परमप्रभुले हामीलाई यो देश दिनुभएपछि तिमीसँग हामी दया र विश्वासपूर्वक व्यवहार गर्नेछौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती जासुसहरूले तिनलाई यसरी सान्त्वना दिए, “तिमीहरूको प्राणको सट्टा हाम्रो प्राण। हामीले के गरिरहेका छौँ भनी तिमीले अरूलाई भनेनौ भने याहवेहले यो देश हामीलाई दिनुहुन्छ, तब हामी तिमीहरूप्रति दयालु हुनेछौँ र आफ्नो वचन पूरा गर्नेछौँ।”
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू सहमत भएर तिनीहरूले भने, “तिमीहरूको जीवनका निम्ति हामी हाम्रो जीवन दिनेछौं। कसैलाई न भन हामीहरूले के गरिरहेछौ। जब परमप्रभुले हामीलाई हाम्रो देश दिनु हुनेछ, तब हामी तिमी प्रति दयालु रहनेछौं। तिमीले हामीलाई विश्वास गर्न सक्छौ।”