Joshua 2:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीले यसो गर्नुपर्छ। हामीले तिम्रा देशमाथि हमला गर्दा तिमीले हामीलाई ओरालेको झ्यालमा यो रातो धागो बाँध्नू र आफ्ना आमा-बुबा, दाजुभाइ र तिनका परिवार पनि एकसाथ लिएर घरमा बस्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी यस देशमा आउँदा जुन झ्यालबाट तिमीले हामीलाई ओह्रालेकी छ्यौ, त्यही झ्यालमा यो रातो डोरी बाँधिराख्नुपर्छ, र तिम्रा बुबा, आमा, दाजुभाइ र तिम्रा बुबाका सारा घरानालाई घरभित्र भेला गरेर राख्नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब हामी यस देशमा प्रवेश गर्छौँ, तब तिमीले हामीलाई निकालेको झ्यालमा यो रातो डोरी बाँधिराख्नू। तिमीले आफ्नो बुबाआमा, तिम्रो दाजुभाइहरू र सम्पूर्ण परिवारलाई तिम्रो घरभित्र ल्याउनू;
Nepali ERV (पवित्र बाइबल)
हामी यो इलाकामा फर्की आउनेछौं। जब हामी यसो गछौं, तिमीले यही रातो डोरी तिम्रो झ्यालबाट तल रहन दिनु पर्छ र तिमीले तिम्रो बाबु, आमा, दाज्यू-भाइहरू, अनि सारा परिवारलाई तिम्रो घरभित्र ल्याउनु पर्छ।