Joshua 2:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[4-6] त्यसले उत्तर दिई, “कोही मानिसहरू मेरो घरमा आए तर तिनीहरू कहाँबाट आएका थिए, त्यो म जान्दिनँ। घाम डुब्दा सहरका मूल-ढोका बन्द हुनुअघि तिनीहरू गइहाले। तिनीहरू कता गए, मैले सोधिनँ, तर झट्टै पछ्याएमा तिनीहरूलाई भेट्टाउन सक्नुहुनेछ।” (राहाबले दुई जासूसलाई घरका कौसीमा लगी त्यहाँ राखेका सनपाटका डाँठहरूका बीचमा लुकाएकी थिई।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यस स्त्रीले ती दुई मानिसलाई लगेर लुकाएकी थिई। त्यसले भनी, “हो, ती मानिसहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन् मलाई थाहा भएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यस स्त्रीले ती दुई पुरुषहरूलाई लुकाएकी थिई। त्यसले भनी, “हो, ती पुरुषहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन् भन्ने कुरा मलाई थाहा भएन।
Nepali ERV (पवित्र बाइबल)
स्त्रीले दुई मानिसहरूलाई लुकाई र भनी, “हो दुई मानिस यहाँ आएका थिए, तर मलाई थाहा भएन तिनीहरू कहाँबाट आएका थिए।