Joshua 2:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाका मानिसहरू सहरबाट निस्किगए र ढोका बन्द भयो। तिनीहरू इस्राएली जासूसहरूको खोजी गर्दै यर्दन पार गर्ने घाटसम्म गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खेद्ने मानिसहरूचाहिँ तिनीहरूलाई खेद्दै यर्दनका जँघारहरू पुग्ने बाटोतिर लागे। तिनीहरूलाई खेद्नेहरू बाहिर निस्कने बित्तिकै सहरको मूल ढोका बन्द भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ती मानिसहरू ती जासुसहरूलाई खोज्दै यर्दनको बाटोमा घाटहरूसम्म गए। अनि खोजी गर्दै जाने ती मानिसहरू जानसाथ मूलढोका बन्द भइहाल्यो।
Nepali ERV (पवित्र बाइबल)
यसकारण राजाका मानिसहरू शहरबाट बाहिर गए, अनि मानिसहरूले शहर-द्वारहरू बन्द गरे। राजाका मानिसहरूले इस्राएलका ती दुई मानिसहरूलाई खोज्न गए। तिनीहरू यर्दन नदीतर्फ गए अनि ती सबै ठाउँहरू तिर हेरे जहाँ मानिसहरू नदी पार गर्थे।