Joshua 20:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती सहरहरूमध्ये कुनै एउटामा त्यो ज्यानमारा भागेर गई, त्यस सहरको ढोकानिर भएको न्याय स्थलमा पुगी भएको त्यस दुर्घटनाबारे अगुवाहरूलाई बताउनुपर्छ। तब तिनीहरूले त्यसलाई सहरभित्र पस्न दिनेछन् र त्यहाँ बास गर्नलाई एउटा ठाउँ दिनेछन् र त्यो त्यहाँ बस्न सक्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती सहरहरूमध्ये एउटामा त्यो भागेर जाओस् र त्यस सहरभित्र पस्ने ढोकामा उभिओस्, र त्यस सहरका धर्म-गुरुहरूलाई आफ्नो कुरा सुनाओस्। अनि तिनीहरूले सहरभित्र आफूहरूकहाँ लगी त्यसलाई ठाउँ देऊन् र त्यो तिनीहरूका साथमा बसोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू यी सहरहरूमध्ये एउटामा भागेर जान्छन्, तब सहरको मूलढोकाको प्रवेशद्वारमा खडा रहून्, र त्यस सहरका प्रधानहरूलाई आफ्नो मुद्दा बताऊन्। तब ती प्रधानहरूले हत्यारालाई आफ्नो सहरमा लगेर त्यसलाई तिनीहरूसँग बस्न ठाउँ देऊन्।
Nepali ERV (पवित्र बाइबल)
“त्यस मानिसले जे गर्नुपर्छ त्यो यो हो। जब त्यो भागेर ती शहरहरू मध्ये एउटामा जान्छ। त्यो त्यस शहरको प्रवेश द्वारमा रोकिएर उभिनु पर्छ अनि मानिसहरूका अगुवाहरूलाई भन्नु पर्छ के भएको थियो। तब अगुवाहरूले त्यसलाई शहरमा प्रवेश गर्न दिने छन्। त्यसलाई तिनीहरूँगै बस्न दिऊन्।