Joshua 20:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसलाई बदला लिई मार्न खोज्‍ने मानिस पछ्याएर त्‍यस सहरमा पुग्‍यो भने, त्‍यहाँका बासिन्‍दाहरूले त्‍यसका हातमा त्‍यो ज्‍यानमारालाई नसुम्पून नदेऊन्। तिनीहरूले त्‍यसको रक्षा गर्नुपर्नेछ किनभने त्‍यसले भुल वा अज्ञानमा मारेको हो, रिसमा होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि हत्‍याको बदला लिनेले त्‍यसलाई खेद्‌यो भने तिनीहरूले त्‍यस ज्‍यानमारालाई त्‍यसको हातमा नसुम्‍पून्, किनभने त्‍यसले आफ्‍नो छिमेकीलाई अजानमा मारेको हो, र उसित त्‍यसको केही दुश्‍मनी थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि रगतको बदला लिनेले त्यसलाई खेद्‌यो भने प्रधानहरूले त्यस अभियुक्तलाई सुम्पिदिनुहुँदैन। किनकि त्यसले आफ्नो छिमेकीलाई अनजानमा मारेको हो र त्यसको छिमेकीसँग कुनै दुश्मनी थिएन।
Nepali ERV (पवित्र बाइबल)
तर त्यस मानिसलाई खेद्‌दै आउने मानिस शहरमा पछ्याउँदै आउन सक्नेछ। यदि यस्तो भयो भने शहरका अगुवाहरूले उसलाई छोड्नु हुँदैन। तिनीहरूले त्यस मानिसको रक्षा गर्नुपर्छ जो तिनीहरू कहाँ सुरक्षाको निम्ति आएकोछ किनभने त्यसले एउटा मानिसलाई अन्जानमा मारेको थियो। उ क्रोधित भएको थिएन, अनि त्यस मानिसलाई मार्ने योजना गरेको थिएन।