Joshua 20:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जनसाधारणको अघि त्‍यसको फैसला नभएसम्‍म अनि त्‍यस बेलाको मुख्‍य पूजाहारी नमरेसम्‍म त्‍यो त्‍यस सहरमा बस्‍न पाउनेछ। त्‍यसपछि जुन सहरबाट त्‍यो भागेर आएको थियो, त्‍यही सहरमा फर्की जान सक्‍नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि न्‍यायको निम्‍ति समुदायको सामु खड़ा नभएसम्‍म, र त्‍यस समयको प्रधान पूजाहारीको मृत्‍यु नभएसम्‍म त्‍यो त्‍यही सहरमा बसिरहोस्‌। त्‍यसपछि त्‍यो ज्‍यानमारा आफ्‍नो घरमा आफ्‍नै सहरमा, जसबाट त्‍यो भागेको थियो, त्‍यही सहरमा जाओस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न्यायका निम्ति सभाको सामु खडा नभएसम्म र त्यस समय सेवा गर्दैगरेको प्रधान पुजारीको मृत्यु नभएसम्म हत्यारा त्यस सहरमा बस्‍नुपर्छ। त्यसपछि तिनीहरू भागेर आएको सहरबाट आफ्नो घर फर्केर जान सक्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिसलाई त्यस शहरको न्यायलयले त्यसको न्याय नगरे सम्म त्यस शहरमा बस्नु पर्नेछ। अनि प्रधान पूजाहारीको मृत्यु नहुञ्जेल त्यो त्यस शहरमा बस्नु पर्नेछ। त्यसपछि त्यो आफ्नै घर भएको शहरमा फर्की जानसक्नेछ, जहाँबाट त्यो व्यक्ति भागेको थियो।”