Joshua 20:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यर्दनको पूर्वपट्टि यरीहोको पूर्वमा भएको उजाड-स्‍थानको टारमा यी सहरहरू अलग गरे— रूबेनको इलाकामा बेसेर, गादको इलाकामा गिलादको रामोत र मनश्‍शेको इलाकामा बाशानको गोलान।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरीहोका यर्दनको पूर्वपट्टि, रूबेनका कुलको उजाड़-स्‍थानमा भएको बेँसीमा बेसेरलाई, गादका कुलको गिलादमा रामोतलाई, मनश्‍शेका कुलको बाशानमा भएको गोलानलाई तिनीहरूले ठहराए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरीहो पारि यर्दनको पूर्वपट्टि रूबेनको कुलमा भएको पठारमा भएको उजाडस्थानको बेसेर, गादको कुलमा भएको गिलादको रामोत र मनश्शेको कुलमा भएको बाशानको गोलानलाई छुट्याए।
Nepali ERV (पवित्र बाइबल)
रूबेनको भूमिको मरूभूमि इलाकाको यरीहोदेखि यर्दन नदी पारी पूर्वको बेसेर, गादको भूमि गिलादको रामोत, मनश्शेका भूमिमा बाशानको गोलान।