Joshua 20:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका सबै मानिसहरू र त्‍यहाँ बास गर्ने विदेशीहरूका निम्‍ति यिनै शरणस्‍थलहरू छानिएका थिए। भुलले हत्‍या भएको खण्‍डमा त्‍यो ज्‍यानमाराले उसलाई बदला लिने मानिसबाट सुरक्षित भई ती ठाउँमा बास गर्न सक्‍थ्‍यो। त्‍यहाँ जनसाधारणको अघि पहिले त्‍यसको फैसला नभएसम्‍म त्‍यसलाई मार्न पाइँदैनथ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले कुनै मानिसलाई भूलले मारेको भए सभाको सामु त्‍यसको न्‍याय नभएसम्‍म हत्‍याको बदला लिनेको हातबाट मर्न नपरोस्‌ भनेर त्‍यो भागेर जानलाई, सारा इस्राएलीहरू र तिनीहरूसँगै प्रवास गर्ने परदेशीहरूका निम्‍ति ठहरिएका सहरहरू यी नै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलीहरू अर्थात् तिनीहरूसँग बसोबास गर्ने विदेशीहरूमध्ये कसैले कसैलाई अनजानमा मार्‍यो भने त्यो ती छुट्याइएका सहरहरूमा भागेर जानसक्थ्यो। अनि न्यायका निम्ति सभाको सामु खडा हुनुभन्दा अगि त्यसलाई रगतको बदला लिनेले मार्न पाउँदैनथियो।
Nepali ERV (पवित्र बाइबल)
कुनै इस्राएली वा कुनै विदेशी तिनीहरूमाझ बस्ने जसले अन्जानमा कसैलाई मारेका थिए, उनीहरूलाई सुरक्षाका ती शहरहरू मध्ये एउटामा भागेर जान दिइन्थ्यो। तब त्यो मानिस त्यहाँ सुरक्षित हुनसक्थिएन अनि कसैद्वारा, जसले त्यसलाई खेदिरहेथ्यो, त्यसलाई मारिदिन्थे। त्यस मानिसलाई त्यस शहरको अदालत द्वारा जाँच गरिनेछ।