Joshua 21:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले कनान देशको शीलोमा तिनीहरूलाई भने, “परमप्रभुले मोशाद्वारा भन्नुभएको थियो कि हामीलाई बास गर्ने सहरहरू र हाम्रा गाई-वस्तु चर्नलाई तिनका चारैपट्टिका चरनहरूसमेत दिइनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कनान देशको शीलोमा तिनीहरूलाई यसो भने, “हामीलाई बस्नका निम्ति सहरहरू र हाम्रा बस्तुहरूलाई खर्कका निम्ति वरिपरिका ठाउँहरू हामीलाई दिनू भनी परमप्रभुले मोशाद्वारा हुकुम गर्नुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूले कनान देशको शीलोमा तिनीहरूलाई भने, “याहवेहले तपाईंलाई मोशाद्वारा हामीलाई हाम्रा गाईबस्तुका निम्ति खर्कसहितको बस्ने सहरहरू दिनू भनी आज्ञा गर्नुभयो।”
Nepali ERV (पवित्र बाइबल)
यो कुरा कनानको भूमिको शीलो शहरमा भयो। लेवी अगुवाहरूले तिनीहरूलाई भने, “हामीहरूलाई बस्नका निम्ति शहरहरू दिनु भनी मोशाद्वारा परमप्रभुले तिमीहरूलाई आदेश दिएका थिए। अनि उहाँले हामीलाई खेतहरू पनि दिनु जहाँ हाम्रा पशुहरू चर्छन्, भनी तपाईंलाई आदेश दिनु भएको थियो।”