Joshua 21:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गेर्शोनका वंशका लेवीहरूको अर्को दलले पूर्वी मनश्शे कुलका इलाकाबाट दुई सहरहरू बाशानका गोलान (एउटा शरणस्थल) र बे-एश्तरा तिनीहरूका चरनहरूसहित पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गेर्शोनीका लेवीका वंशहरूलाई: मनश्शेको आधा कुलबाट बाशानमा ज्यानमाराको निम्ति शरण-नगर नियुक्त भएको गोलान, त्यसका चरनसमेत, र बे-एश्तरा, त्यसका चरनसमेत— दुई सहरहरू दिइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेवी वंशका गेर्शोनीहरूलाई यी सहरहरू दिइएको थियो: मनश्शेको आधा कुलहरूबाट: बाशानमा भएको गोलान (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर) र बेएश्तरा, तिनीहरूका खर्कहरूसमेत दुई वटा सहरहरू दिइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
गेर्शोन कुल पनि लेवी कुल समूहमा थिए। तिनीहरूले यी शहरहरू पाएः मनश्शेका आधा कुल समूहले तिनीहरूलाई बाशानको गोलन दिए। (गोलन शरणस्थान-शहर थियो।) मनश्शेले तिनीहरूलाई बेश्तरा पनि दिए। यो मनश्शेको आधा कुल समूहले जम्मा दुइ शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।