Joshua 21:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नप्‍तालीका इलाकाबाट तीन सहरहरू गालीलमा केदेश (एउटा शरणस्‍थल) त्‍यसका चरनहरूसहित हम्‍मोत-डोर र कर्तान तिनका चरनहरूसहित तिनीहरूले पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नप्‍तालीको कुलबाट गालीलमा ज्‍यानमाराको निम्‍ति शरण-नगर नियुक्त भएको केदेश, त्‍यसका चरनसमेत, र हम्‍मोत-डोर र कर्तान, तिनका चरनहरूसमेत— तीन सहरहरू दिइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नप्‍तालीको कुलबाट: गालीलमा भएको केदेश (हत्याको अभियोग लागेको व्यक्तिका निम्ति शरण-नगर) हम्मोत-डोर र कर्तान, तिनीहरूका खर्कहरूसमेत तीन वटा सहरहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
नप्ताली कुल समूहले तिनीहरूलाई गालीलको केदेश दिए। (केदेश शरणस्थान-शहर थियो।) नप्तालीले तिनीहरूलाई हम्मोत्दर अनि कर्तान पनि दिए। नप्तालीले जम्मा तीन शहरहरू अनि तिनीहरूका पशुहरूका निम्ति प्रत्येक शहर वरिपरिका केही भूमि दिए।