Joshua 21:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिले कहातवंशी लेवी परिवारहरूलाई सहरहरू दिइयो। पूजाहारी हारूनबाट आएका परिवारहरूलाई यहूदा, शिमियोन र बेन्यामीन कुलबाट तेह्र वटा सहरहरू दिइयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि कहातीका वंश-वंशका नाउँमा पहिलो चिट्ठा निस्क्यो। लेवीहरूमध्येका हारून पूजाहारीका सन्तानले यहूदाको कुल, शिमियोनको कुल, र बेन्यामीनको कुलबाट तेह्र सहरहरू पाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहिलो चिट्ठा वंशअनुसार कहातीहरूका निम्ति निस्क्यो। हारून पुजारीका सन्तान लेवीहरूलाई यहूदा, शिमियोन र बेन्यामीनका कुलहरूबाट तेह्र वटा सहरहरू भाग लगाइयो।
Nepali ERV (पवित्र बाइबल)
कहातीको कुल, लेवीको वंश समूहका पूजाहारी हारूनका वंशजहरू थिए। कहाती वंशका अंशलाई तेह्र शहरहरू दिइए जो यहूदा, शिमोन अनि बिन्यामीनका इलाका भित्र थिए।