Joshua 21:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चिठ्ठा हालेर इस्राएलका मानिसहरूले लेवीहरूलाई यी सहर र चरनहरू दिए। परमप्रभुले मोशाद्वारा यस्तै आज्ञा दिनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मोशाद्वारा हुकुम गर्नुभएबमोजिम इस्राएलीहरूले लेवीहरूलाई चरनहरूसमेत ती सहरहरू दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी याहवेहले मोशाद्वारा आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू र तिनीहरूका खर्कहरू दिए।
Nepali ERV (पवित्र बाइबल)
यसरी इस्राएलका मानिसहरूले लेवी मानिसहरूलाई यी शहरहरू अनि ती वरिपरिका खेतहरू दिए जसरी परमप्रभुले मोशालाई भन्नु भएको थियो।