Joshua 22:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
याद राख कि कसरी जेरहको छोरो आकानले परमप्रभुले नाश पार्न आज्ञा गर्नु भएका थोकहरूका सम्बन्धमा दिइएको आज्ञापालन गर्न अस्वीकार गर्दा त्यसको दण्ड सारा इस्राएलका जन-समुदायमाथि परेको थियो। आफ्नो पापले आकान मात्र एक्लै मरेन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जेरहको छोरा आकानले अर्पण गरिएका मालमा अपराध गरेको थिएन? अनि क्रोध इस्राएलको सारा समुदायमाथि परेको थियो। त्यो मानिस मात्र आफ्नो अपराधको कारणले मरेको थिएन’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब जेरहका छोरा आकानले अर्पण गरिएका कुराहरूको विषयमा विश्वासघात गरेका थिए, तब के सारा इस्राएलको समुदायमाथि क्रोध परेको थिएन? त्यहाँ त्यो एकलै मात्र आफ्नो पापले मरेन।’ ”
Nepali ERV (पवित्र बाइबल)
“जेरहका छोरा आकान नाउँको मानिसलाई सम्झ। उसले ती वस्तुहरूलाई ध्वंश गर्नुपर्छ भन्ने आज्ञालाई पालन गर्न अस्वीकार गरे। त्यो एक मानिसले परमेश्वरको नियम भङ्ग गरे, तर इस्राएलका समस्त मानिसहरूले दण्ड पाए। उसको पापको कारण आकानको मृत्यु भयो साथै अन्य धेरै मानिसहरूको पनि मृत्यु भयो।”