Joshua 22:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले यर्दनलाई हामी र रूबेन र गादका मानिसका बीचमा सिमाना बनाउनुभयो। अब परमप्रभुसित तिमीहरूको केही काम छैन।’ त्‍यस बेला तिम्रा सन्‍तानले हाम्रा सन्‍तानलाई परमप्रभुको आराधना गर्न बन्‍द गर्न लगाउलान्। त्‍यसैकारण हामीले यसो गरेका हौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिमीहरू रूबेन र गादका सन्‍तानका र हाम्रा बीचमा परमप्रभुले यर्दनलाई सिमाना बनाइदिनुभएको छ। परमप्रभुमा तिमीहरूको केही पनि हिस्‍सा छैन’। यसो भनेर तिमीहरूका सन्‍तानले हाम्रा सन्‍तानलाई परमप्रभुप्रतिको श्रद्धापूर्ण भय टुटाइदेलान्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले यर्दनलाई तिमीहरू र हाम्रा बीचमा सिमाना बनाइदिनुभएको छ। हे रूबेनीहरू र हे गादीहरू हो! याहवेहमा तिमीहरूको कुनै भाग छैन भनेर तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई याहवेहको भय मान्‍नबाट रोक्न सक्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका मानिसहरूले भन्न सक्छन् परमेश्वरले तिमीहरू र हामी बीचको सीमानाको निम्ति यर्दन बनाउनु भयो, ‘अनि ती रूबेन र गादका मानिसहरूको इस्राएलमा केही भाग छैन।’ यसकारण तिमीहरूका छोरा-छोरीहरूले हाम्रा छोरा-छोरीहरूलाई परमप्रभुको आराधना गर्न रोक्न सक्नेछन्।