Joshua 22:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यसका सट्टामा तिम्रा र हाम्रा सन्‍तानका बीच, पुस्‍ता-पुस्‍तासम्‍म, हामीले साँच्‍चै होमबलि, बलिदान र मेलबलि लिएर परमप्रभुलाई उहाँको पवित्र पालअघि पुज्‍दछौं भनी बुझाउनलाई चिन्‍हको रूपमा यो हामीले बनाएका हौं। पछि तिम्रा सन्‍तानले हाम्रा सन्‍तानलाई ‘तिमीहरूको परमप्रभुसित केही काम छैन’ भन्‍न नपाऊन् भनी यो गरेका हौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हामीहरू र तिमीहरूका बीचमा र हाम्रा पछिका पुस्‍ताहरूका बीचमा यो साक्षीको रूपमा रहोस्, कि हामीहरूले होमबलि, बलिदान र मेलबलि लिएर परमप्रभुको सेवा उहाँको सम्‍मुखै गर्नेछौं। अनि तिमीहरूका सन्‍तानले हाम्रा सन्‍तानलाई भविष्‍यमा, ‘परमप्रभुमा तिमीहरूको केही हिस्‍सा छैन’ भनी भन्‍न नपाऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यसको ठिक विपरीत तिमीहरू, हामीहरू र हाम्रा भावी पुस्ताहरूको बीचमा यो एउटा साक्षीको रूपमा रहोस्, ताकि हाम्रा होमबलिहरू, बलिदानहरू र मेलबलिहरूद्वारा उहाँको वासस्थानमा याहवेहलाई हामी सेवा गर्नेछौँ। अनि भविष्यमा तिमीहरूका सन्तानले हाम्रा सन्तानलाई याहवेहमा तिमीहरूको कुनै भाग छैन भनी भन्‍न नपाऊन्।’
Nepali ERV (पवित्र बाइबल)
हामीलाई वेदी चाहिएको वास्तविक कारण यो हो कि हामी हाम्रा मानिसहरूलाई तिमीहरूले सेवा गर्ने परमेश्वरलाई नै हामीले पनि आराधना गर्छौं भनी देखाउनलाई हो। यो वेदी, तिमीहरू अनि हामीहरूका निम्ति अनि हाम्रा भविष्यका समस्त सन्तानहरूका निम्ति हामीले परमप्रभुको आराधना गर्छौं, भन्ने कुराको प्रमाण हुनेछ। हामी हाम्रा होमबलिहरू, अन्नबलिहरू अनि मेलबलिहरू परमप्रभुलाई प्रदान गर्नेछौं। तिमीहरूका सन्तानहरूलाई हुर्काउन हामी पनि स्वयं तिमीहरू जस्तै इस्राएलका मानिसहरू हौं भनी जानुन् भन्ने हामीले चाहेको हो।