Joshua 22:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रो विचार यो थियो कि आउँदा दिनहरूमा कतै त्यसो भइगयो भने हाम्रा सन्तानले यसो भन्न सक्छन्, ‘हेर! हाम्रा पिता-पुर्खाले परमप्रभुको वेदीजस्तै एउटा वेदी बनाए। त्यो होमबलि वा बलिदान चढाउनलाई होइन तर तिम्रा र हाम्रा मानिसहरूका बीचमा एउटा चिन्हको रूपमा छ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अनि हामीले विचार गर्यौं कि यदि तिनीहरूले हामीलाई वा हाम्रा सन्तानलाई भविष्यमा त्यसो भनिहालेमा हामी भन्नेछौं, ‘हेर, परमप्रभुका वेदीको प्रतिरूप, जो हाम्रा पिता-पुर्खाहरूले होमबलि वा बलिदानको निम्ति होइन, तर हाम्रा र तिमीहरूका बीचमा साक्षीको रूपमा बनाए’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अनि हामीले भन्यौँ, ‘यदि कुनै दिन तिनीहरूले हामीलाई अर्थात् हाम्रा सन्तानलाई यसो भन्यो भने हामी यसो भन्नेछौँ: हाम्रा पितापुर्खाहरूले होमबलि र बलिदानहरू चढाउन होइन, तर हामी र तिमीहरूका बीचमा साक्षीको रूपमा बनाएको याहवेहको वेदीको ढाँचालाई हेर।’
Nepali ERV (पवित्र बाइबल)
भविष्यमा यदि यस्तो हुनेछ तिमीहरूका सन्तानहरूले यो भन्लान् हामीहरू इस्राएलका होइनौ, तब हाम्रा सन्तानहरूले भन्न सक्नेछन्, ‘हेर! हामी भन्दा अघि बाँचेका हाम्रा पिता-पुर्खाहरूले एक वेदी निर्माण गरेका छन्। त्यो वेदी पवित्र पालमा भएको परमप्रभुको वेदी जस्तै नै छ। हामी यो वेदीलाई बलिहरू चढाउन प्रयोग गर्दैनौ-यो वेदी यसको प्रमाण हो कि हामी इस्राएलका भाग हौं।’