Joshua 22:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अवश्य हामी परमप्रभुको विरुद्धमा विद्रोह गर्दैनौं न त होमबलि गर्न वा अन्नबलि वा मेलबलि चढाउनलाई अर्कै वेदी बनाएर उहाँलाई मान्न छोड्नेछौं। परमप्रभु हाम्रा परमेश्वरको वेदी, जुन उहाँको पवित्र पालको सामुन्नेमा खडा छ, त्योबाहेक अरू कुनै वेदी हामी बनाउँदैनौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हामीले परमप्रभुको विरुद्धमा बागी भएर उहाँको पवित्र वासस्थानको सामुन्ने भएको परमप्रभु हाम्रा परमेश्वरको वेदी छोड़ेर, होमबलि, अन्नबलि, र बलिदान चढ़ाउन अर्को वेदी बनाएर आज परमप्रभुलाई पछ्याउन छोड्ने दिन त कहिल्यै नआओस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“उहाँको समागम पालको सामु खडा रहेको याहवेह हाम्रा परमेश्वरको वेदीलाई छोडेर आज अर्कै वेदी बनाएर त्यसमाथि होमबलि, अन्नबलि र बलिदानहरू चढाएर याहवेहको विरुद्धमा बागी भएर उहाँदेखि तर्किएर जाने काम हामीबाट टाढा रहोस्!”
Nepali ERV (पवित्र बाइबल)
“साँच्चै नै हामी परमप्रभुको विरूद्ध जान चाहँदैनौं। उहाँको अनुसरण नगर्ने हाम्रो इच्छा छैन। हामी जान्दछौं सत्य वेदी त्यही मात्र हो जो पवित्र पालको समक्ष छ। त्यो वेदी परमप्रभु हाम्रा परमेश्वरको हो।”