Joshua 22:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारी पीनहास र तिनीसँग भएका पश्चिमी कुलका परिवारहरूका प्रधान, जो समाजका दश जना मुख्य मानिसहरू थिए, रूबेन, गाद र पूर्वी मनश्शेका कुलका कुरा सुनी सन्तुष्ट भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब पीनहास पूजाहारीले र तिनीसँग भएका इस्राएलीका कुलनायकहरूले रूबेनका, गादका र मनश्शेका सन्तानले भनेका कुरा सुने, तब तिनीहरू प्रसन्न भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पुजारी पीनहास र तिनीसँग भएका समुदायका अगुवाहरू र इस्राएलका वंशहरूका मुखियाहरूले रूबेनका, गादका र मनश्शेहरूले भन्न चाहेका कुरा सुने, तब तिनीहरू प्रसन्न भए।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारी पीनहास अनि तिनीसित भएका अगुवाहरूले रूबेन, गाद अनि मनश्शेका आधा कुल मानिसहरूले भनेका यी कुराहरू सुने। यी मानिसहरूले सत्यकुरा भन्दैछन् भनी तिनीहरू सन्तुष्ट भए।