Joshua 22:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि पीनहास र ती अगुवाहरू रूबेन र गादका मानिसहरूलाई गिलाद देशमा छोडिराखेर कनानमा इस्राएलका मानिसकहाँ गए र तिनीहरूलाई आफ्‍नो बयान दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एलाजार पूजाहारीका छोरा पीनहास र ती कुलनायकहरू गिलाद देशका रूबेनी र गादीहरूबाट कनान देशमा इस्राएलीहरूकहाँ फर्के, र तिनीहरूलाई सारा वृत्तान्‍त सुनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पुजारी एलाजारका छोरा पीनहास र अगुवाहरू गिलादमा रूबेनी र गादीहरूसँग भेटघाट गरेर कनानमा फर्के। अनि इस्राएलीहरूलाई त्यसको विवरण दिए।
Nepali ERV (पवित्र बाइबल)
तब पीनहास अनि अगुवाहरू त्यस स्थान छाडेर घरतर्फ गए। तिनीहरूले रूबेन अनि गादका मानिसहरूलाई गिलाद भूमिमा छाडे र कनान तिर फर्के अनि तिनीहरू इस्राएलका मानिसहरू कहाँ गए के भएको थियो त्यो भने।