Joshua 22:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरू सन्‍तुष्‍ट भए र परमप्रभुको प्रशंसा गरे। तिनीहरूले फेरि लडाइँ गरेर रूबेन र गाद कुलका मानिस बसेको ठाउँ ध्‍वस्‍त पार्ने कुरा कहिल्‍यै गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो कुरा इस्राएलीहरूलाई मन पर्‍यो, र तिनीहरूले परमेश्‍वरलाई धन्‍यका भने। फेरि उनीहरूका विरुद्धमा लड़ाइँ गर्न, र रूबेनी र गादी बसेको देश नष्‍ट पार्न जाने कुरा तिनीहरूले गरेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो विवरण सुनेर इस्राएलीहरू प्रसन्‍न भए, र परमेश्‍वरको प्रशंसा गरे। अनि रूबेनीहरू र गादीहरू बसेको देशमा तिनीहरूको विरुद्धमा युद्ध गरेर नष्‍ट पार्ने कुरा तिनीहरूले फेरि गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरू पनि सन्तुष्ट भए। तिनीहरू खुशी भए अनि परमेश्वरलाई धन्यवाद चढाए। तिनीहरूले रूबेन, गाद अनि मनश्शेका मानिसहरूको विरूद्ध गएर लडाईं नगर्ने निर्णय गरे। तिनीहरूले त्यो ठाउँ जहाँ ती मानिसहरू बस्थे त्यो ठाउँलाई ध्वंश नगर्ने निश्चय गरे।