Joshua 22:8 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनीहरूलाई यसो भने, “धेरै धन-सम्पत्ति, र प्रशस्त बस्तुहरू लिएर सुन, चाँदी, काँसो, फलाम र धेरै लुगाफाटाहरू लिएर आ-आफ्ना डेराहरूमा फर्केर जाओ। तिमीहरूका शत्रुहरूबाट लुटेका सबै आफ्ना भाइहरूमा भागबन्डा गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूलाई भने, “तिमीहरू प्रशस्त सम्पत्ति, गाईबस्तुको ठूलो बथान, सुन, चाँदी, काँसो, फलाम र धेरै मात्रामा लुगाफाटाहरू लिएर आफ्ना घरमा फर्क। अनि तिमीहरूका शत्रुहरूबाट लुटेका मालसामानहरू आफ्ना दाजुभाइहरूसँग बाँडफाँड गर।”
Nepali ERV (पवित्र बाइबल)
तिनले भने, “तिमीहरू अत्यन्त धनी भएका छौ। तिमीहरूसित अनेक पशुहरू छन्। तिमीहरूका धेरै सुन अनि चाँदी अनि बहुमूल्य मणिहरू छन्। तिमीहरूसित धेरै सुन्दर बस्त्रहरूछन्। तिमीहरूले तिम्रा शत्रुहरूबाट अनेक वस्तुहरू लग्यौ। तिमीहरू घरजाऊ अनि ती वस्तु तिमीहरू माझ विभाजन गर।”