Joshua 22:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण रूबेन, गाद र पूर्वी-मनश्‍शे कुलका मानिसहरू घर फर्के। इस्राएलका बाँकी मानिसहरूलाई कनान देशको शीलोमा छोडेर तिनीहरू आफ्‍ना देश गिलादतिर लागे। परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएअनुसार तिनीहरूले गिलादको भूमि आफ्‍ना अधीनमा लिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब रूबेनी, गादी र मनश्‍शेको आधा कुल, परमप्रभुको आज्ञामुताबिक मोशाद्वारा तिनीहरूले पाएका अधिकारको देश गिलादमा जानलाई इस्राएलीहरूसँग बिदा भएर कनान देशको शीलोबाट फर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण रूबेनीहरू, गादीहरू र मनश्शेको आधा कुलले इस्राएलीहरूलाई शीलोमा छोडे। अनि याहवेहले मोशाद्वारा आज्ञा दिनुभएअनुसार तिनीहरूले प्राप्‍त गरेका आफ्नै देश गिलादतिर फर्कन कनानबाट हिँडे।
Nepali ERV (पवित्र बाइबल)
यसरी रूबेन, गाद अनि मनश्शेका आधा कुल समूहहरूका मानिसहरूले इस्राएलका अन्य मानिसहरूलाई छाडेर कनानको शीलोमा गए। तिनीहरूले त्यो स्थान छोडे अनि गिलादमा फर्के। तिनीहरू आफ्नै भूमिको घरमा गए तिनीहरूलाई त्यो भूमि मोशाले दिएका थिए। परमप्रभुले त्यो भूमि तिनीहरूलाई दिनु भनी मोशालाई आज्ञा गर्नु भएको थियो।