Joshua 23:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूमध्ये जोसुकैले पनि हजार जनालाई धपाउन सक्नेछौ किनभने परमप्रभुले आफ्नो प्रतिज्ञाअनुसार तिम्रा निम्ति लडाइँ गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको एक जनाले हजार जना मानिसहरूलाई धपाउन सक्छ, किनकि उहाँले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूका निम्ति युद्ध गर्ने परमप्रभु नै हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूमध्ये एक जनाले एक हजारलाई परास्त गर्न सक्छौ। किनकि याहवेह तिमीहरूका परमेश्वरले प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूका निम्ति युद्ध गरिदिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको सहयोग द्वारा इस्राएलका एक मानिसले शत्रुहरूका हजार सैनिकलाई परास्त गर्न सके। किन? किनभने परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूको निम्ति लड्नु भएको थियो। परमप्रभुले यसो गर्ने प्रतिज्ञा दिनु भएको थियो।