Joshua 23:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो निश्‍चय जान कि परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरू अघि बढेर जाँदा ती जातिहरूलाई फेरि धपाउनुहुनेछैन। तर, तिनीहरू तिम्रा लागि एउटा पासो वा गहिरो खाल्‍टोजस्‍ता डरलाग्‍दा हुनेछन् र तिम्रा पिठ्युँ कोर्राझैँ तथा आँखामा काँडा परेझैँ दु:खदायक हुनेछन्। अनि परमप्रभु तिम्रा परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यस असल ठाउँबाट तिमीहरू सबै ननासिएसम्‍म यो कुरो भइरहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो निश्‍चय जान, कि परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूका दृष्‍टिबाट फेरि धपाउनुहुनेछैन, तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरू नष्‍ट नभएसम्‍म उनीहरू तिमीहरूका निम्‍ति पासो र जाल, र तिमीहरूका पीठमा कोर्रा, र तिमीहरूका आँखामा काँढ़ा हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो निश्‍चय जानिराख—याहवेह तिमीहरूका परमेश्‍वरले यी जातिहरूलाई तिमीहरूका सामुबाट धपाउनुहुनेछैन। बरु जबसम्म याहवेह तिमीहरूका परमेश्‍वरले दिनुभएको यस असल देशबाट तिमीहरू नष्‍ट हुँदैनौ, तबसम्म तिनीहरू तिमीहरूका निम्ति फन्दा र पासो हुनेछन्। यसकासाथै तिमीहरूका पिठिउँमा कोर्रा र तिमीहरूका आँखामा काँडासरह बन्‍नेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका शत्रुहरूलाई परास्त गर्नमा सहयोह गर्नुहुने छैन। यी मानिसहरू तिमीहरूका निम्ति पासो जस्तै हुनेछन्। तिनीहरूले तिमीहरूलाई तिम्रा आखाँमा धुँवा र धूलो परे जस्तै कष्ट दिनेछन्। अनि तिमीहरूलाई यो उत्तम भूमि छोड्न बाध्य तुल्याउने छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई यो भूमि दिनुभयो। तर यदि तिमीहरूले यो आज्ञा पालन गरेनौ भने तिमीहरूले यसलाई गुमाउन सक्छौ।