Joshua 23:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जसरी तिमीहरूसित गर्नुभएको हरेक प्रतिज्ञा उहाँले पूरा गर्नुभयो, त्यसरी नै उहाँले आफ्नो प्रत्येक हप्की पूरा गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई भन्नुभएका सबै असल कुराहरू तिमीहरूमाथि हुन आएका छन्, त्यसरी नै परमप्रभुले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरूलाई नष्ट नपारुञ्जेल, परमप्रभुले तिमीहरूमाथि सबै खराब कुराहरू पनि ल्याउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर याहवेह तिमीहरूका परमेश्वरको हरेक असल प्रतिज्ञा साँचो ठहरिएझैँ, यदि तिमीहरूले उहाँको आज्ञापालन गरेनौ भने उहाँले तिमीहरूलाई दिनुभएको यो असल देशबाट तिमीहरू नष्ट नभएसम्म उहाँले तिमीहरूलाई होशियार गराउनुभएका सबै खराब कुराहरू पनि ल्याउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु तिमीहरूका परमेश्वरले हामी प्रति गर्नु भएको हरेक उत्तम प्रतिज्ञा सत्य भएको छ। तर त्यसरी नै परमप्रभुले उहाँका अन्य प्रतिज्ञाहरूलाई सत्य तुल्याउनु हुनेछ। उहाँले वचन दिनु भएको छ कि यदि तिमीहरूले नराम्रो कुरा गर्यौ भने तिमीहरू माथि नराम्रा कुराहरू घट्नेछन्। उहाँले वचन दिनु भएको छ कि उहाँले तिमीहरूलाई दिनु भएको यो उत्तम भूमिबाट निक्लन तिनीहरूलाई उहाँले बाध्य तुल्याउनु हुनेछ।